एनआरएनएको अध्यक्षमा बद्री केसीको उम्मेद्वारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी नेतृत्वको लागि डाक्टर बद्री केसीले उम्मेद्वारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान भन्ने नारासहित केसीले आगामी नेतृत्वका लागि उम्मेद्वारीको घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताए ।
उनले गैरआवासीयलाई नागरिकता दिलाउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्राउने लगायतका प्रतिवद्धता जनाए । आफु अध्यक्षमा निर्वाचित भए श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने लगाएतका काम गर्ने उनले बताए ।
बर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेका केसीले यसअघि आफुले अघि सारेका कामलाई पूरा गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि कुल आचार्य र रबीना थापाले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #बद्री केसीले उम्मेद्वारी घोषणा
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्