माओवादीमा प्रचण्ड नै सर्बैसर्बा,अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष छान्न पनि जिम्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सर्बैसर्बा छन् । पार्टीमा उनीको प्रतिष्पर्धी नेता नै नहुँदा उनी एक्लौटी निर्णय गर्दै आइरहेका छन् । पार्टीका निर्णय होस् या जनवर्गीय संगठनका नै किन नहुन उनै अध्यक्ष प्रचण्डले गर्दै आएका छन् । माओवादीको भातृसंगठन वाइसिएलको केही दिनअघि सकिएको सम्मेलनमा समेत अध्यक्ष प्रचण्डले संयोजक आफै छनौट गरेका थिए ।
अहिले पनि माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी प्रचण्डलाई नै दिइएको छ । विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनका लागि बिद्यार्थीहरु काठमाडौंमा आएका छन् । तर, बिद्यार्थीलाई छनौटको जिम्मा नदिई प्रचण्डले नै टिका प्रथाबाट अध्यक्ष छनौट गर्न लागेका हुन ।
प्रवक्ता कृष्णबहादुर महराले उपाध्यक्षबाट हट्नेदेखि नेतृत्व ल्याउन अध्यक्ष प्रचण्डलाई नै निर्णय गर्ने जिम्मेवारी दिइएको बताए । बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनेरास्ववियू क्रान्तिकारी, #प्रचण्ड, #वाइसिएल
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्