Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

प्रचण्ड र बादलको जुहारी, जनयुद्धको रिस बादलले पोख्दै, एउटै निर्वाचन क्षेत्रबाट लड्ने घुर्की


काठमाडौं । किशोरावस्थादेखि नै प्रचण्डसँग मिलेर कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका बादल २०५२ सालमा जनयुद्ध प्रारम्भ हुँदा प्रचण्डका मुख्य सारथी मध्ये एक थिए ।

पटक–पटक अनुशासनको कारवाही भोगेका कहिले मोहन बैद्य त कहिले प्रचण्ड हुदै कित्ता फेरेका बादल अहिले नेकपा एमाले अध्यक्ष ओलीका प्रिय पात्र बनेका छन् । जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल र रामबहादुर थापा अहिले एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमै सिध्याउने गरी अभिब्यक्ति दिन थालिसकेका छन् ।

जनयुद्ध कालमै प्रचण्डको नजिक देखिएर षड्यन्त्र मार्फत प्रचण्डलाई नै पार्टीबाट विस्थापित गर्ने बाटोमा लागेको आरोप रामबहादुर थापा बादललाई लगाएर पुष्पकमल दाहाल प्रचण्डले कारवाही नै गरेका थिए । पार्टीभित्र आत्मालोचना गरे र जनयुद्धमा निरन्तर रुपमा लागेका बादलको कारवाही फिर्ता लिईएको थियो । तर, रुँदैरुँदै प्रचण्डमा विलय भएँ भनेका बादलले मोहन वैद्य र प्रचण्डवीच पार्टी विभाजन हुँदा वैद्यलाई साथ दिए । तर, एकाध वर्षपछि फेरि मोहन वैद्यलाई धोका दिएर उनी फेरि प्रचण्डकै पार्टीमा फर्किए । र, माओवादी–एमालेवीच पार्टी एकता भएसँगै वादल पनि नेकपामा आइपुगे । अहिले भने उनै बादल नेकपा बिभाजित भएसँगै नेकपा एमालेमा प्रबेश गरेका छन् र ओलीको बिश्वासपात्रका रुपमा काम गरिरहेका छन् ।

माओवादीभित्र बिद्रोही गरी संसदै पद जाँदा समेत बादलले ओलीको साथ छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेमा रहेका आफ्ना विपक्षीलाई तह लगाउन बादलको बलियो साथ पाएका छन् । बादललाई साथ लिएर अध्यक्ष ओली पार्टीभित्र पूर्वएमाले मात्रै होइन, पूर्वमाओवादीको समेत भूमिकालाई कमजोर बनाउन चाहन्छन् । धेरैले ओली र बादलको केमेष्ट्री मिल्ने भएकाले दुई जनाको साँठगाँठ भएको बताउँदै आएका छन् । दाहाललाई त्यागेर ओलीतिर लागेका थापा र दाहालबिच अहिले निकै ठूलो जुहारी चलिरहेको छ । अझ रमाईलो पक्ष के छ भने यि दुबै नेताको चुनाबी क्षेत्र चितवन नै हो । दाहाल थापाको नामै सुन्न चाहदैनन् । उनि बादललाई धोकेवाज, स्वार्थी र कामनलाग्ने नेताको रुपमा चित्रण गरीरहेका छन् ।

काभ्रेको एक कार्यक्तमले पुष्पकमल दाहालले ओलीले चितवनमा राम सिता र हनुमान पठाएको बताउँदै आफुले को सँग चुनाब लड्ने भन्दै यसरी प्रश्न गरेका थिए । दाहालले प्रश्न गरेको एक दिन पछि नै नेकपा एमालेका नेता रामबहादुर थापा बादलले दाहाललाई मुखभरीको जवाफ फर्काएका छन् । उनले चितवनमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डसँग चुनावी भिडन्त हुनसक्ने बताए । बादलले आफनो र प्रचण्डको जिल्ला एउटै भएकाले चुनावमा प्रचण्ड भर्सेस बादल हुनसक्छ भन्दै आफू आगामी निर्वाचनमा प्रचण्डसँग भिड्न तयार रहेको बताए ।

नेकपा एमालेका आएका बादललाई अध्यक्ष ओलीले राम्रैसँग संरक्षण गरिरहेका छन् । उनले बागमतीको प्रदेशकी ईन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई ईन्चार्ज बनाएका छन् । ओलीले आफु संकटमा पर्दा अन्तिम अवस्थासम्म आफुलाई साथ दिएकाले बादललाई काखी च्यापी रहेका छन् । ओलीले बादललाई च्यापेर हिडेको दाहाललाईमन पर्ने कुरै भएन । त्यसैले त दाहाल थापा बिरुद्ध बिष बमन गरिरहन्छन् । चुनाब नजिकिदै गर्दा चितवनमा रामबहादुर थापा र प्रचण्डको चुनाबी भिडन्त नहोला भने भन्न सकिन्न ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रचण्ड, #बादल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं