Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

प्रतिनिधिसभाको बैठक बस्दै, आजपनि एमालेको अवरोध गर्ने रणनिति


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलो पटक प्रतिनिधि सभा बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षीको विरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो ।

आजको बैठकमा सांसद् प्रेम सुवालले शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले शुक्रबार प्रतिस्थापन विधेयक ल्याएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ । एमाले संसदीय दलको बैठक अपराह्न १२ बस्दैछ । शुक्रबारको बैठक अवरोध गर्ने क्रममा एमालेका सांसदहरुले बेल घेराउ गर्दै रोष्टमतर्फ अघि बढ्ने प्रयास गरेका थिए । सोही क्रममा केही सांसदहरूले सभामुख तथा अर्थमन्त्रीलाई रोक्ने क्रममा आक्रमणको प्रयास नै गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यादेश पेस, #संघीय संसद्

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं