ललिता निवास प्रकरण प्रकरणमा अझै ३२ जना फरार,यस्तो फरारको नामावली
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्धामा मुछिएका मुख्य बिचौलिया अझै फरार छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्धा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । पटक–पटक म्याद जारी गर्दा पनि अटेर गरेपछि बालुवाटारस्थित ललिता निवास प्रकरणमा
विशेष अदालतले फरार रहेकाहरूको हकमा भ्रष्टाचार मुद्धा पेसी चढाउने तयारी गरेको छ । फरार रहेकाहरूलाई इजलासको आदेशबाट एक पटक सार्वजनिक सूचना जारी गर्न लगाउने र सो प्रक्रिया गर्दा पनि अनुपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो । विशेष अदालतले म्याद जारी गरेर पनि अनुपस्थित हुनेमा रामकुमार सुवेदी, हाटक शमशेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रूपेश शमशेर राणा, हिमान्द्री शमशेर जबरा छन् । उनीहरूको घरमा म्याद तामेली (टाँस) गरिए पनि म्याद गुजारेका छन् । कान्छा महर्जन, मन्ती गोर्खाली, बद्रीलक्ष्मी श्रेष्ठको हकमा भने आफैंले र एकाघरका जहानले म्याद तामेली बुझे पनि उनीहरू समेत उपस्थित भएका छैनन् ।
लामो समय म्याद गुजारेर बसेका नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट मात्रै विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । गच्छदारले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा काम गरेको विशेष अदालतमा बयान दिएका थिए ।
को–को छन् त अन्य फरार सूचीमा
पुष्पराज उपाध्याय
अर्जुनप्रसाद भण्डारी
रुक्म शमशेर जबरा
हर्ष महर्जन
कैलाशचन्द्र गोयल
चमेली श्रेष्ठ
देवनारायण महर्जन
प्रमोद शेरचन
प्रतिमा वैद्य प्रधान
रामनाथ घिमिरे
निर्मला देवी गोयल
देवनारायण महर्जन
तीर्थमाया महर्जन
इन्दु शर्मा
अनिता देवी कंसाकार
मचाबाबु प्रजापति
कनक हर्बल
पञ्चनारायण महर्जन
लक्ष्मी ढाकाल
रजनी पनेरू
मचानानी महर्जन
रेना गुरुङ–बेपत्ते तामेली टाँस
बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । जग्गा हडप्न मुख्यतः दुई जना व्यक्तिले भूमिका खेलेको पूर्वसचिव त्रिताल नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । ‘भूमाफिया’ भनेर समितिले किटानीसाथ नाम उल्लेख गरेका व्यक्ति अधिवक्ता रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल हुन् । त्रिताल समितिले मन्त्रिपरिषद्को सो निर्णय कानुनविपरीत भएकाले खारेज गर्नुपर्ने बताएको छ । समितिले मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण र कानुनविपरीत भनेको थियो ।
२०६६ चैत २९ मा मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नम्बर ३ मा प्रधानमन्त्री निवास र मोही व्यवस्थापनको विषय रहेको थियो । सो प्रस्ताव तयार पार्नेमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात र उपप्रधानमन्त्री समेत रहेका गच्छदारले स्वीकृत गरेका थिए । अख्तियारले चार पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेविरुद्ध पनि मुद्दा दायर गरेको थियो । म्याद जारी गरेका ब्यक्तीहरु समयमै अदालत उपस्थित नहुँदा ललिता निवास प्रकरणले दुई बर्षदेखि किनारा पाउन सकेको छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बालुवाटारस्थित ललिता निवास, #बिचौलिया अझै फरार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्