Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

एमालेको केन्द्रीय कमिटी बैठकद्वारा देउवालाई मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

कार्यदलमा भएको दश बुँदे सहमति अनुमोदन


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले शेरबहादुर देउवाले विस्वासको मत लिने क्रममा देखिएका परिदृश्य र त्यसले पारेका प्रभावका बारेमा चर्चा गरेका थिए । त्यसलाई उनले अग्रगमनमाथिको धक्काका रुपमा चित्रण गरेका थिए । पार्टीको निर्देशन विपरित फ्लोर क्रस गर्ने र मत दिने काम पार्टी अनुशासनहिन र गलत काम भएकोले २२ जना सांसदहरुसंग स्पष्टीकरण माग्ने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाई छ ।

नेकपा एमालेको केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरेका छन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ओलीको पुरानै कदम !, #केन्द्रीय कमिटी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं