प्रतिनिधिसभाको कार्यसूची : आजै दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो । यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।
समितिको बैठकमा एमालेले यति छिटो किन विश्वासको मत लिन लागेको भनेर प्रश्न उठाएको थियो । सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्न लागेको छ ।
आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #संसदको दोस्रो बैठक
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्