शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदै, कस्तो बन्ला देउवाको मन्त्रिमण्डल ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिदैछन् । राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम साँझ ४ बजे तय गर्दै तयारी थालेको हो । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।
सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । यसअघि नै चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवाको यो पाँचौ इनिङ हुनेछ । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । देउवा लगायतका विपक्षी गठबन्धनका दलहरु आन्तरिक परामर्शमा व्यस्त रहेका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुने भएसँगै आगामी मन्त्रिमण्डल कस्तो बन्ला भनेर चासो बढ्न थालेको छ । विपक्षी गठबन्धनको सरकार बन्ने भएसँगै मन्त्रीका आकांक्षीहरु बढ्न थालेका छन भने भागबण्डाको विषयमा आन्तरिक गृहकार्य तिब्र पारिएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहलाई समेटेर देउवाले मन्त्रीमण्डल बिस्तार गर्न लागेका हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ, #शेरबहादुर देउवा
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्