सभामुखका वकिलले बहस सकेपछि आजदेखि निवेदकले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँच जना कानुन व्यवसायीले बहस गर्ने छन्।
सभामुखका कानुन व्यवसायीका लागि दुई घण्टा समय छुट्याइएको छ। त्यसपछि निवेदकका तर्फबाट जवाफ दिने कार्यक्रम तय भएको छ। निवेदकको जवाफका लागि तीन घन्टा समय छुट्याइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधिसभा विघटन रद्द गर्न मागसहित १ सय ४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाई भइरहेको हो ।
सभामुखका वकिलले बहस गरेपछि १ सय ४६ सांसदको तर्फबाट जवाफ दिइने छ। बाँकी रहेको जवाफी बहस सोमबार सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #संवैधानिक इजलास
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्