२०७५ जेठ २ मा फर्किने नेकपा एमालेको औपचारिक निर्णय
महाधिवेशन आयोजक कमिटीको बैठक भने बुधबार
काठमाडौं । नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । बालुवाटारमा मंगलबार साँझ बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक आगामी असार १८ गते बोलाएको छ । बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्ष समेत निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । यद्यपि, बुधबारका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले बताए ।
१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने बताइएको छ । जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय रहेको थियो । माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्