माधव नेपाल मनाउन ओलीद्धारा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेका छन् । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नका लागि असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाइएको नेताहरुले बताएका छन् । १६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय गर्नेछ ।
आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।
अध्यक्ष ओलीले जेठ २३ मा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन । नेता नेपालले भने ओलीले भनेजस्तो २०७५ जेठ ३ नभएर जेठ २ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओलीले, #नेकपा एमाले
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्