संविधान दिवसमा विभूषण प्रदान गर्न गरियो खुल्ला दरखास्त आह्वान
काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखि फारम भर्नुपर्नेछ । ‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान गरिएको हो बिज्ञप्तीमा उल्लेख गरेको छ ।
विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानविन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्नेछ । त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ । सरकारले हरेक वर्ष संविधान दिवसको दिन देश र समाजलाई विशिष्ट योगदान पुर्याएकाहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तीहरुले दरखास्त दिन सक्नेछन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #विभूषित हुन योग्य
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्