घट्यो कोरोना संक्रमण, २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो दिनमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्याबढी देखिएको छ । आइतबार संक्रमित भन्दानिको हुनेको संख्या १ हजार ५ सय ८७ जना बढी रहेको छ । आइतबार ३ हजार ९ सय ९४ जना कोरोना मुक्त भएका छन । अहिलेसम्म ५ लाख ३१ हजार १ सय ५ जना निको भएका छन् । हाल संक्रमण पश्चात निको हुनेदर ८७ दशमलव ३ प्रतिशत रहेको छ । कोरोना संक्रमणका कारण आइतबार थप ४६ जनाको मृत्यु भएको छ । अहिले सम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निको हुनेको संख्या बढ्दै जादा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले देशभर संक्रिय संक्रमितको संख्या ६८ हजार ९ सय ५५ रहेको छ । केही साता अघि संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार सम्म पुगेको थियो । पछिल्लो २४ घण्टामा ७ हजार ५ सय १७ पीसीआर गर्दा १ हजार ६ सय ९४ र ४ हजार ८ सय ७९ जनाको एन्टीजेन गर्दा ७ सय १३ जनालाई पोजेटिभ देखिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ६ सय ५३ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ५८ र ललितपुरमा १ सय १२ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ ।
परिवार कल्याण महाशाखा, बाल स्वास्थ्यशाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई नआत्तिकन धैर्य गरेर बस्न अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा उनले पहिलो मात्रा खोपले ६ महिनासम्म काम गर्ने विभिन्न अध्ययनहरुले देखाएकाले दोस्रो मात्रालगाउन ढिलो भयो भनी नआत्तिन आग्रह गरे । कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रालगाएका १३ लाखबढी जेष्ठ नागरिकहरु दोस्रो मात्राकालागिपर्खेर बसिरहेका छन् । तर उनीहरुले दोस्रो मात्राकहिले पाउछन् त्यसको टुंगो छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्