जिल्ला–जिल्लामा निषेधाज्ञाको लहर, छैन सरकारको भरपर्दो तयारी
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ । पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरेकामध्ये करिब ३३ प्रतिशतमा संक्रमण पुष्टि भैरहेको छ । सरकारले कोरोना भाइरस संक्रमितको संख्या असारसम्ममा दैनिक ११ हजार पुग्ने प्रक्षेपण गरेको छ । त्यतिबेलासम्म देशमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ ।
संक्रमित र मृतकको संख्या सरकारले बढी रहदा संक्रमणका कारण गम्भीर बिरामी भएकालाई अस्पतालमा बेडको अभाव हुन थालेको छ । जसका कारण स्वास्थ्य मन्त्रालयले सरकारी सबै अस्पतालहरुमा ५० प्रतिशत र निजि अस्पतालहरुले कोभिडका विरामीको लागि आवश्यक बेड छुट्टाउन निर्देशन दिएको छ । त्यस्तै सरकारी तथा निजि अस्पताल २५ देखि २ सय बेडसम्मका अस्पताल सगं सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालले सक्झौता गरि सेवा प्रवाह गर्नसक्ने जनाएको छ ।
अहिले अस्पतालहरुमा सेवा सम्झैता भैरहेको मन्त्रालयले जनाएको छ । उपत्यकामा १५ हप्ता निषेधाज्ञा गर्ने निर्णय गरे पनि कोरोना संक्रमण नियन्त्रणमा सरकार गम्भिर नबन्ने हो भने संक्रमण नरोकिने जनस्वास्थ्यविदले बताएका छन् । हाल संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने बिरामीले सहज रुपमा भर्ना पाउन मुस्किल भइसकेको छ् । अहिलेको परिस्थितिमा पउचवाला संक्रमितले उपचार पाउने अन्य विरामीले अस्पतालमा बेडपाउने अवस्था नभएको संक्रमणरोग विषेशज्ञ डा अनुप सुवेदीको आरोप छ ।
प्रक्षेपणअनुसार संक्रमित हुनेमध्ये कति प्रतिशत बिरामी अस्पताल भर्ना हुनसक्छन्, कस्तो खालको उपचार सेवा दिनुपर्छ, कति जनशक्ति र स्वास्थ्य पूर्वाधार चाहिन्छ भन्ने आँकलन गरी सोहीअनुसार व्यवस्थापन गर्न सरकार चुकेको सुवेदी बताउछन् । सुवेदीले अनुसार यसका लागि पर्याप्त परीक्षण र कन्ट्याक्ट टे«सिङ र जनस्वास्थ्य मापदण्डमा जोडदिनुपर्ने उनको भनाई छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएकाले अक्सिजनको अभाव हुन सक्ने औंल्याउँदै उनले अक्सिजन प्लान्ट, सिलिन्डरको तयारीमा समेत जुट्न आवश्यक रहेको सुझाव दिए ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित, #संक्रमित र मृतकको संख्या
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्