कोभिड १९ ले लेवनानमा थपिदैं झनै संकट,नेपाली सेनाले गर्यो सहयोग

लेबनान । लेवनानमा युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले स्थानीय समुदायलाई कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गरेको छ । मेडिकल आपतकालसमेत घोषणा गरिएको लेवनानमा मिशनको जिम्मेवारी सम्हालिरहेको नेपाली सेनाको बर्द बहादुर गण (नेपब्याट (६२) ले आफ्नो क्षेत्रमा कोभिड किट सहयोग अभियान सञ्चालन गरेको हो । गणपति राजिब थापा लगायतको समूहले ईलाका भित्रका सात नगरपालिका र एक गाँउपालिकमा एकसाथ कोभिड–१९ प्रतिकार्यको लागि करिब चार हजार अमेरिकी डलर बराबरको सर्जिकल मास्क, पि.पि.ई, सेनिटाईजर, ह्याण्ड वास, इन्फ्रारेड थर्मोमिटर, सेनिटाईजर डिस्पेन्सर मेशिन, औषधीहरु सहितको फष्ट एड बक्स लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
लेबनानको मिशन युनिफिलमा हालसम्म करिव ५५ हजार शान्ति सैनिकहरुले सहभागिता जनाइसकेका छन् । राजनीतिक अस्थिरता, आर्थिक मन्दी, सीमा विवाद लगायतका मुद्धाहरुबाट कठिन परिस्थितिमा गुज्रिरहेको दक्षिण पूर्वी राष्ट्र लेबनानमा पछिल्लो समय कोभिड १९ महामारीको संक्रमणले थप समस्या बनाएको छ । मेडिकल ईमर्जेन्सी घोषणा सहितको निरन्तर लक डाउनको कारण लेबनानी जनसमुदाय थप चपेटामा परेका बेलामा सेनाले गरेको यो सहयोगले स्थानीयलाई ठूलो राहत मिलेको छ । कोभिड प्रोटोकल अनुसार सञ्चालन गरिएको उक्त कार्यक्रममा नगर प्रमुखहरुले विद्यमान सामुदायिक संकटको घडीमा स्थानीय जनभावना अनुरुप नेपब्याटले प्रदान गरेको पहिलो यति ठुलो परिमाणको सहयोग मुक्तकण्ठले प्रशंसा गर्दै दक्षिण लेवनानमा कोभिड–१९ प्रतिकार्यमा नेपाली शान्ति सैनिकहरुको सहानुभूतिको लागि आभार प्रकट गरेका थिए ।
कोभिड–१९ लगायतका अन्य राजनैतिक तथा आर्थिक समस्याहरुका कारण कठिन अवस्थामा गुज्रिरहेको समुदायलाई उनीहरुको प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपब्याटको यो सहयोग अत्यन्त फलदायीसिद्ध हुने नगर प्रमूखहरुले विश्वास व्यक्त गरेका छन् । गणपति थापाले सैनिक नागरिक सम्बन्धलाई नयाँ आयाम दिन युनिफिल मिशनको शान्ति सैनिकहरुले स्थानीय निकायहरुसंग समन्वय, सहयोग र सहकार्यको अवधारणा अनुरुप हातेमालो गर्दै निरन्तर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम नेपाली शान्ति सैनिकहरुले सन् १९५८ देखी अनवरत रुपमा लेवनानको शान्ति र स्थिरताको लागि पुर्या्ईरहेको ऐतिहासिक योगदानको निरन्तरता हो ।
विभिन्न शान्ति सैनिक मिशनहरुमा तैनाथ गणहरुले आफ्नो प्राथमिक अपरेशनल जिम्मेवारी संगै नेपाली सेनाको कल्याणकारी कोषबाट प्राप्त हुने बजेटबाट सञ्चालन गर्दै आईरहेको यस किसिमको सैनिक(नागरिक सहयोग (सिमिक) कार्यक्रमहरु नेपाल, नेपाली र नेपाली सेनालाई विश्वसामू परिचित गराउन कोशेढुङ्गा सावित हुदै आएको समेत दाबी गरिएको छ । हाल लेबनानमा नेपाली सेनाको स्थापना कालमा खडा भएको बर्द बहादुर गण ६२ औँ डफ्फाको रुपमा तैनाथ रहेको छ । नेपाली सेनाको ३७ औं प्रधान सेनापति महारथी धर्मपाल वर सिंह थापा (अ.प्रा) ले सन १९७८ मा सर्वप्रथम युनिफिल मिशनमानेत्तृत्व गर्नु भएको यस गणले अहिले पुन चौथोपटक यसै मिशनमा सहभागी हुने दुर्लभ अवसर प्राप्त गरेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली सेना, #युनिफिल मिशनको शान्ति सैनिक
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्