शक्ति प्रदर्शन गर्दा जनतालाई सास्ती किन ?
यतिबेला सडक तथा आन्दोलन मात्रै होइन गुटगत भेलामा देखिने कार्यकर्ताले नै नेता बिगारेका हुन् भन्दा फरक पर्दैन । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि नेकपामा पनि बिभाजन आयो । एउटा नेकपाको प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेका छन् भने अर्को नेकपाको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् । दुबैका आ–आफना रटान र दन्तबजान जारी छन् । प्रचण्ड–माधव बिरोध प्रर्दशनका नाममा सडकदेखि बिरोध सभा र शक्ती प्रर्दशन गरिरहेका छन् ।
अर्कोतिर प्रधानमन्त्री ओली चुनावमा सहभागि होऔं भन्दै कार्यकर्ताको ताली खाइरहेका छन् । दुबैका कार्यक्रममा हल भरिएकै हुन्छ ताली बजेकै हुन्छ । आखिर पार्टी फुटाउनेहरु आ–आफना कार्यकर्ताको भिडले हौसिएका छन् । मेरो पक्षमा कार्यकर्ता छैनन् भन्ने कसैलाई लागेको छैन् । दुबैको दम्भ र अहमताले जनताले सास्ती पाइरहेका छन् । हैन् भने प्रधानमन्त्री ओली जाने सभा हेर्नुहोस् चर्को नाराबाजी र ताली बजेकै छ । शुक्रबार प्रचण्ड–माधवले गरेको शक्ति प्रर्दशन हेर्नुहोस् जहाँ पनि भिडभाड र कार्यकर्ताको बाक्लो उपस्थित छ ।
जुन कार्यक्रम भएपनि नेताले बोल्ने शैली फेरिएको छैन् । उही गाली गलौज र आरोप प्रत्यारोपमै देश रुमल्लिएको छ । शुक्रबार काठमाडौं उपत्यका अस्तब्यस्त बन्यो । विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा गन्तब्यमा हिडेका नागरिक बाटोमै रोकिनुपर्यो । मूल सडकमात्र नभई भित्री सडकमा समेत लामो समय ट्राफिक जाम भएपछि यात्रु तथा सवारी चालकले निक्कै सास्ती खेप्नुपर्यो । बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रहरुमा उही झण्डा र ब्यानर मात्रै देखिन्थ्यो । नेता कार्यकर्ता केही नयाँ होइन ओलीले प्रचण्ड माधवलाई गाली गरेको र प्रचण्ड माधवले ओलीको सत्तोसराप गरेकै सुन्न चाहिरहेका छन् होइन भने गाली गर्दा हौसाउने ताली किन बजिरहेका छन् ?
सर्वसाधारणका मुद्धामा अहिलेसम्म न ओली बोलेका छन् न त प्रचण्ड माधव नै । नेताहरुलाई कुर्सी प्यारो छ । जनतालाई साझ र विहानको छाकको चिन्ता छ । तर, हेर्ने हो भन्ने को र सुनिदिने को ? तीन बर्षमै निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्रीलाई देशको ढुकुटी रित्तो भएको पत्तै छैन् । कोरोनाको खोप त आयो तर लगाउन पनि दाता खोज्नुपर्ने अवस्थामा अर्बोको निर्वाचन कसरी होला ? जनताको टाउकोमा ऋणको भार थुपार्ने र झन् झन जनता गरिव बनाउने योजनाका बिरुद्ध आखिर अव बोल्ने को ?
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सम्पादकीय
ट्याग : #गुटगत भेला, #प्रचण्ड–माधव
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्