रुकुमपश्चिमको आठविसकोटमा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप,अनिश्चितकालीन निषेधाज्ञा जारी
रुकुमपश्चिम । जिल्लाको आठविसकोट नगरपालिका राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका हुन् । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो । आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभर झडप भएको थियो । दिनभर झडप भएपछि राडीबजारमा तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको थियो । जिल्ला सदरमुकामबाट समेत थप सुरक्षाकर्मी राडीबजार पठाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राडीबजार, #रुकुमपश्चिमको आठविसकोट
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्