कोरोना परिक्षण भन्दा सरकारलाई दशैंको चिन्ता
कोरोना महामारिकाबिच आएको बडादशै धेरैका लागि खल्लो अनुभव बनेर बिदा हुँदैछ । चाडपर्वको उत्सब नदेखिएपनि धेरैले घरघरमै सिमित रहेर दशै मनाएका छन् । कोरोना पहिचान गर्ने स्वाबको पीसीआर परिक्षण घट्दा संक्रमितको संख्यामा उल्लेख्य कमी देखिएपनि देशको शहर बजारको अवस्था आँकलन गरिएभन्दा बिकराल छ । संक्रमितहरु बढ्दैगर्दा सरकारले शुल्कसहित कोरोना संक्रमितको उपचार गर्ने छुट सबै अस्पताललाई दिएको छ । सरकारी अस्पतालले सरकारले तोकेअनुसार नै धरौँटी राखेर संक्रमितको उपचार गरिरहँदा नीजि अस्पतालका लागि भने कोरोना भाइरस पैसा कमाउने बहाना बनेको छ ।
अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिएको दाबी गर्ने टोखास्थित ग्राण्डी अस्पतालले निमोनियाको समस्या देखिएर अस्पताल लगिएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको भन्दै आधा महिना बढी समय आइसीयूमा राखेर ३० औँ लाख अशुलेपछि रिपोर्ट नेगेटिभ आएको भन्दै बाँकी पैसा तिरेर शब लान भनेको जोरपाटीका पुष्प सुनार रसाइलीको उपचार काण्ड होस वा कोरोना शुल्क भन्दै अन्य उपचार सेवामा समेत शुल्क थप्ने नर्भिक अस्पताल लगायतका नीजि अस्पतालको थप शुल्क असुली काण्ड । सुरु सुरुमा कोरोनाले विदेशमा संक्रमित ढलेको देखेर आत्तिएका नीजि अस्पताल यतिबेला संक्रमितको उपचारकै लागि मरिहत्ते गर्न थालेका छन् । कोरोना परिक्षणमा सरकारले तोकेभन्दा चर्को शुल्क ।
अझ, उपचारमा त पीपीई, माक्स, ग्लोब, सेनिटाइजर सबै सबैको शुल्क बिरामीबाटै अशुलेका विभिन्न तथ्यहरु बाहिरिएका छन् । केही घण्टा राखेर डिस्चार्ज गर्दा समेत ३० औँ हजार बिल तिराउने नीजि अस्पताललाई कारबाही गर्ने हिम्मत किन सरकारले गर्दैन ? जनताको निशुल्क उपचारको मौलिक हक खोस्ने सरकार नीजि अस्पतालको लुटमा किन बेखबर जस्तो ? बिरामी राखेर उपचार गर्दा त चर्को शुल्क तिर्नुपर्छ नै कतिपय अस्पतालले त भर्नाका लागि बेड नै नभएको बहानामा जति भएपनि तिर्छु प्लिज मिलाईदिनुहोस न भन्ने बनाएर ठगी गरिरहेका छन् । सरकारी अस्पताल जाउँ बेडको अभाव, नीजि अस्पताल जाऔँ, उपचार शुल्क नै महंगो । अझ सरकारले नै गरेको निर्णय अनुसार चर्को धरौटी ।
स्वयम गरिब भएको, तिर्न नसक्ने घोषणा गरे निशुल्क उपचार गछौँ भन्दै कुर्लीने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री केपीशर्मा ओली दुबै जना एक पटक हामीसँगै नीजि अस्पतालको स्थलगत भ्रमणमा जाऔँ । तपाईहरु निक्कै व्यस्त हुनुहुन्छ होला भित्र गएर लेनदेनको हिसाब खोज्न समयले नभ्याउला, बाटोमा भेटिने अस्पतालको ढोका ढोकामा ठोकिने बिरामीका आफन्तको गुनासो मात्रै सुनौँ । अनि तपाईहरुले बन्द कोठामा बसेर गरेका फगतका भाषण र जनताले स्वास्थ्य उपचारमा ब्यहोर्नुपरेको सास्ती र महंगी थाहा हुनेछ ।
जनताको रगत र पसिनाबाट सिर्जित आम्दानीबाट कर अशुल्ने अनि त्यही करमा तलब भत्ताको तर मार्ने तपाईहरु जनताको शासक कि बिचौलिया, ठग, तस्करहरुको सहयोगी दुधको दुध पानीको पानी छुट्टीनेछ । जनताको शासक दाबी गर्नेहरु जनताको पिरमर्काको सारथी बन्न नसक्ने हो भने के को फगतको गफ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #पीसीआर परिक्षण, #बडादशै
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्