फोन रिसिभ नगर्ने मन्त्री र मन्त्रीका पिए,सुचना लुकाउनै माहिर
नेपाली उखान छ सिओ बनेर छिर्ने तरवार भएर निष्किने । हो, यस्तै यस्तै प्रबृत्ति मौलाएको छ नेपाली राजनीतिमा । परिवारबादबाट ग्रसित नेपालको राजनीति अहिले भने अन्यौलताको भूमरीमा फसिरहेको छ । नफसोस पनि कसरी वडा अध्यक्ष बन्ने हैसियत नराख्नेलाई मन्त्री बनाइदिएपछिको परिणाम हो यो । नम्बर थिच्न नजान्नेलाई आइफोन भिराएपछि बिचरा, फोन आएको पनि थाहा पाउँदैनन् फोन गर्न पनि जान्दैनन् साहेद मोवाइलको स्क्रिनका अक्षरहरु पनि राम्रोसँग चिन्दैनन् । अनि कसरी गर्छन् आम जनताका म्यासेजको रिप्लाई ।
काठमाडौं छिर्दा चप्पल लगाएकाहरु सिंहदरबार पुग्दा प्राडो, पँजेरो अनि सुरक्षाकर्मी अगुवा पछुवा लिएर हुँइकिने थालेपछि त मोवाइलको आवाज पनि सुनेनछन् क्यारे । त्यसैले त दर्जनौ म्यासेज पठाउँदा सेकेण्ड नै पिच्छे मोवाइलमा घण्टी बज्दा पनि माननिय ज्यू को फोन रिप्लाई हुँदैन । हामी यो कुनै ब्यक्ती बिशेषलाई केन्द्रीत गर्न गइरहेका छैनौं । यो त सर्वत्र उहाँहरुकै नेता कार्यकर्ताको आवाज हो । सञ्चारकर्मी भएका नाताले हामीले पनि समाचारको पुष्ट्याई गर्नका लागि तारन्तार रुपमा फोन र म्यासेज नगरेका होइनौं ।
यीनै महासय चुनाव नजिकिदा,निर्वाचित हुँदा,मन्त्री बन्दा र सत्ताको रस चुसिरहँदा आफूले गरेका उपलब्धीका बारेमा हामी सञ्चारकर्मीलाई बारम्बार फोन गरी समाचार बनाइदिनुपर्यो भन्दै नथाकेका इतिहास हामीसँग पनि नभएका होइनन् । तर, बिडम्बना अहिले परिस्थिति फेरिएको छ । महासय त दुई तिहाई सरकारका मन्त्री पो बन्नुभएको छ । गल्ती हाम्रै थियो, हामीले विश्वास गरेका हाम्रा नभई राम्रा मान्छेलाई फोन गरेका थियौं । तर, उहाँ त माननिय पो होइसिन्छ । त्यसैले त उनका आसे पासेले पनि साहेद हाम्रो फोन उठाउन उचित ठानेनन् र बारम्बार काटिरहे । उनलाई पनि कहाँ फुर्सद थियो होला कसैलाई ठेक्का मिलाइदिनुछ । दशैं तिहार नजिकिदो छ खर्च जुटाउनुछ । बिचरा हामी कलमजीवी पो पर्यौं ।
न हामी ठेक्का लिएर करोडौं मन्त्री ज्यूलाई दिन सक्छौं न त उँहाका आसेपासेले चाहे जस्तो दशैं खर्च नै दिन सक्छौं । त्यसैले पनि उहाँहरु र उहाँहरुका आसेपासेको प्राथमिकतामा हामी नपर्नु स्वभाविक हो । त्यसैले त हामी जे सक्छौं त्यहि गर्दैछौं । यहि हात र मुखले मन्त्री ज्यूहरुका सकरात्मक कार्यको गुनगान हामीले नगाएका होइनौ । तर, सरकारी ढुकुटीको ब्रम्हलुट गरी आफन्त र आसेपासेलाई पक्षपोषण गर्न थालेपछि त हाम्रो कलम पनि कहाँ रोकिन्छ र ? हामी यत्ति आग्रह गर्न चाहन्छौं । फोन मोवाइल सामाजिक सञ्जालहरु हामी सबैका सम्पर्क शुत्र हुन् । तर, यिनको उचित सदुपयोग गर्न नचाहदा हामी यत्ति लेख्न बाध्य भएका हौं ।
क्याटेगोरी : जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, सम्पादकीय
ट्याग : #करोडौं मन्त्री ज्यू, #मन्त्री र मन्त्रीका पिए, #मोवाइल
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्