Techie IT
  • २० मंसीर २०८१, बिहीबार
KhojPatrika

बामदेव गौतमको राष्ट्रियसभामा जाने इच्छा पूरा,सत्ता सयर कति सम्भव ?


अच्चमको खेल रहेछ नेपाली राजनीति । जितेर हार्नेहरुको कथा सधैं सुनिदै आइएको छ यहाँ । तर, हारेर पनि जित्नेका कथा भने कमै सुनिन्छन् । दुई तिहाई नजिकको सत्तारुढ दल नेकपाका उपाध्यक्ष हुन् बामदेव गौतम । सत्तरीको संविधान सभा निर्वाचनमा दुई दुई स्थानबाट जितेका गौतम ७४ को संसदीय निर्वाचनमा भने आफनै गृह जिल्ला बर्दियाबाट पराजित भएका थिए । नियतिको खेल भन्ने कि सत्ता मोहको उच्च पराकाष्ठा । चुवान हारेको करिव तीन बर्षपछि उनै गौतम संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा मनोनित भई सांसद भई छाडे ।

प्रधानमन्त्री ओलीले आफना प्रिय पात्र अर्थमन्त्री डाक्टर युवराज खतिवडाका लागि छुट्याएको राष्ट्रियसभा सदस्य पद गौतमलाई सुम्पन बाध्य बन्नु पर्यो । स्थायी कमिटि, केन्द्रीय कमिटि र सचिवालयबाट समेत पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री पदबाट समेत ओलीको राजिनामा मागिरहेको बेला ६ बुँदे ब्रमास्त प्mयाकी प्रधानमन्त्री ओलीको दुबै पद जोगाएका गौतमको साहेद ऋण तिरे होलान् प्रधानमन्त्री ओलीले । त्यसैले त चुनाव हारे पनि सांसद बन्न सफल भए नेकपा उपाध्यक्ष गौतम ।

अर्का चुनाव हारेका पात्र नारायणकाजी श्रेष्ठलाई संसदमा भित्र्याएका ओलीले सचिवालयमा अल्पमतमा पर्ने डरले पनि गौतमलाई सांसदको पगरी गुठाएका हुनसक्छन् । ताकी भोलीका दिनमा सचिवालयले गर्ने निर्णयमा आफनो बहुमत पुर्याउन ओलीलाई सहज होस् । अव नेकपाका नौ जना सदस्य नै संघीय संसदका सदस्य बनेका छन् । राजनीतिमा यसैलाई भन्ने गरिन्छ कोही कसैको स्थायी शत्रु र मित्र हुँदैन । तर, यी पछिल्ला दृष्टान्त हेर्ने हो भने नेपालमा राजनीति नभई लाजनिति मौलाएको छ । जनमतबाट बहिष्कारमा परेका नेताहरुको सांसद, मन्त्री बन्ने आकांक्षा पूरा हुन्छ भने अर्बो खर्च गरेर निर्वाचन गर्नुको औचित्य के ? अव गौतम राष्ट्रिय सभामा गएर हुन्छ चाँही के ?

गौतम राष्ट्रिय सभामा पुगेपनि त्यहाँबाट प्रधानमन्त्री हुन त्यति सजिलो भने छैन । त्यसका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ । तर, संविधान संशोधन गर्नका लागि नेकपासँग दुईतिहाई छैन । तैपनि नयाँ प्रस्तावले गौतम हौसिएका छन् । अव गौतमको रणनिति भनेकै जसरी पनि प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नु नै हुन्छ । हुन त पदका लागि मरिहत्ते गर्ने गौतमले २०५० सालमा महासचिव बन्नकै लागि तत्कालिन नेकपालाई फुटाएर नेकपा माले बनाई महासचिव बनि छाडेका थिए ।

आफनो स्वार्थका लागि पार्टी फुटाउन र जुटाउन पछि नहट्ने गौतम राष्ट्रिय सभामा मनोनित भएसँगै प्रधानमन्त्री ओलीका लागि घाँटीको गलगाँढ नबन्लान भन्न सकिन्न । कोरोना कहर एकातिर छ अर्कोतिर बाढी पहिरोले जनताको उठीबास लागिरहकै छ । तर, यहाँ अव मन्त्री फेर्ने हल्ला फेरि चल्दैछ । मन्त्री बनाउन, सांसद बनाउन, देश लुट्न योजना बनाइरहन्छन् तर, तपाई हाम्रा लागि सोच्ने यहाँ कोही छैन् ?


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सम्पादकीय
ट्याग : #नारायणकाजी श्रेष्ठ, #बामदेव गौतम

तपाईको कमेन्ट लेख्नुहोस्