काठमाडौं उपत्यकामा ४५ सहित नेपालमा थप २७४ जनामा कोरोना संक्रमण
काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना निको भएर २ सय २७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ। बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्