२८ औं प्रहरी महानिरिक्षकमा शैलेश थापा क्षेत्री नियुक्त, बिहिबारदेखि नेतृत्व सम्हाल्ने

काठमाडौं । नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । थापा नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुखका रुपमा रहेका थिए । २०४९ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गर्नुभएका थापाले महानिरीक्षक बन्दा आफ्नै ब्याचका एआईजी हरिवहादुर पाललाई्पछि पारेका हुन् । प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मुल्याङकनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो ।
हालका आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अनिवार्य अवकास पाउँदैछन् । ज्ञवालीसँगै ३० वर्षे सेवा अवधिका कारण अर्का अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) तारणीप्रसाद लम्साल पनि अनिवार्य अवकाश हुँदैछन् । प्रहरीको नयाँ महानिरीक्षक बनेका थापा प्रहरी नियमावली २०७१ मा रहेको ३० वर्षे सेवा अवधि कायमै रहे १९ वैशाख २०७९ सम्म मात्रै सेवामा रहनेछन् ।
शैलेश थापा को हुन् ?
भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन । प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए । उनले नायब उपरीक्षक(डीएसपीमा धादिङ, महानिरीक्षक सचिवालय र प्रहरी एकेडेमीमा काम गरेका थिए। प्रहरी उपरीक्षक (एसपीका रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो, प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा पनि काम गरेका थिए । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपीमा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए ।
नायब महानिरीक्षक (डीआइजी भएपछि उनले महानगरीय प्रहरी कार्यालय (मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि काम गरे । एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन्। उनका बुवा शम्भु थापा क्षेत्री पनि नेपाल प्रहरीको नायब महानिरिक्षक(डीआईजीसम्म भएका थिए। शैलेश परिवारका दुई छोरामध्ये कान्छा हुन् । जेठा छोरा पनि सरकारी सेवामा छन् । थापा नेपाल प्रहरीको २८ औँ आईजिपी भएका छन् । थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए । सबैमा ब्याचीमध्ये पहिलो नम्बरमा थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #शैलेश थापा क्षेत्री
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्