Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नेकपाको कलहः जुट्न भन्दा दुबै गुट फुट्न सक्रिय


काठमाडौं । तीन दिनदेखि राजनीतिक बृत्तमा तातिएको घटनाक्रम घट्नुको सट्टा झनै बढ्दै गएको छ । नेकपाभित्रको विवाद सुल्झिाउन भन्दापनि दुबै पक्षका नेताहरु बढाउन सक्रिय भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप शितल निवासतिर जारी छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम भने खुमलटारमा ओलीका बिरुद्ध मोर्चाबन्दी गरिरहेका छन् ।

बिहिबारको स्थायी कमिटि बैठकमा ओलीबिरुद्ध उब्जाइएका प्रश्नहरुले नेकपा कतै फुट्ने त होइन भन्ने प्रश्न उब्जाइदिएको छ । शुक्रबार अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा लामो बहस भएपनि त्यसले कुनै ठोस निर्णय निकाल्न सकेन । तर, शनिबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटि बैठक पनि अन्तिम समयमा आएर स्थगित गरियो । तर, शनिबार सहमतिका लागि प्रयास गर्लान भन्ने नेताहरुको चाहनालाई शीर्ष नेताहरुले नै गुटबन्दी गरेर झनै विवाद बढाउने काम गरे ।

प्रचण्ड निवासमा बसेका भेलाले जसरी नी ओलीलाई दुबै पदबाट राजीनामा दिन लगाउने निष्कर्ष निकाल्दा बालुवाटारमा अर्के नयाँ खुराक निष्किएको छ । प्रधानमन्त्री ओली मन्त्री मात्रै होइनन् राज्यमन्त्रीलाई समेत बोलाएर कित्ता छुट्याउन चेतावनी दिएका छन् । आफनै पाटी, आफै अध्यक्ष, सरकार पनि आफनै भएपनि कित्ता किलियर गर्नुपर्ने भावले नेकपामा ठूलै हलचल आउने देखिन्छ । मन्त्रीहरुलाई नै ओलीले आफनो गुट वा विपक्षीको गुट कुन हो भन्ने प्रश्न सोध्न गम्भिर बिषय हो । सरकारको कामकारवाही भन्दा पनि कुन गुटको हो मलाई समर्थन गर्ने या नगर्ने भन्ने जोड दिनुले नेकपाको विवाद यसै साम्य होला भन्ने देखिदैन । प्रचण्ड, माधव र झलनाथको गुटमा रहेका मन्त्रीहरुलाई के ओलीले निकाल्न खोजेका हुन् ? या मन्त्रीपरिषद बैठकमै नबोलाउने सोचेका हुन् त्यो प्रष्ट खुलाएका छैनन् ।

केहीदिन अघिसम्म ओली खेमामा रहेका गृहमन्त्री रामबहादुर थापा समेत यतिबेला पुन प्रचण्डको गुटमा पुगेका छन् । यसले नेकपाभित्र गुट परिर्वतन गर्ने काम पनि भइरहेको छ । अझ् विवाद समाधान गर्न पहल हुनुपर्ने ठाउँमा प्रधानमन्त्री ओलीले अर्को नयाँ कुरा सार्वजनिक गरिदिएका छन् । राष्टपति बिद्यादेवी भण्डारीलाई र आफूलाई हटाउन पार्टीभित्रैबाट ग्राइनडिजाइन भएको भन्दै संसद अधिबेशन अन्त्य गरेको जानकारी गराउनुले थप विवाद बल्झाउने संकेत दिन्छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली इतरका सचिवालयका बहुमत सदस्यहरुले पार्टी एकतामै जोड दिएर अघि बढ्ने निष्कर्ष निकालेपनि दुबै पदबाट हटाउने दाबी गरिरहेका छन् । अध्यक्ष ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न बहुमत सचिवालय र स्थायी समिति सदस्यहरुले दवाव दिइरहेका बेला ओली आफ्नै रणनिति तय गरिरहेका छन् भने उनी इतर नेताहरु पनि बहुमतको दम्भ देखाइ रहेका छन् । सोमबारसम्म स्थायी कमिटिको बैठक स्थगित गरेर सहमतिको प्रयास थाल्नुपर्ने नेताहरु झनै गुटगत भेला, धम्की र दम्भ देखाइरहनुले नेकपाको विवाद साम्य भन्दापनि बढ्ने देखिन्छ । जसका लागि नेताहरु गम्भिर बन्न जरुरी छ । होइन भने दुबै पक्षको दम्भ र अहमताले पार्टी विभाजन नहोला भन्ने सकिन्न ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख
ट्याग : #नेकपाभित्रको विवाद

तपाईको कमेन्ट लेख्नुहोस्