अमेरिकामा लकडाउनको बिरोध

काठमाडौं ८ बैशाख । लकडाउनको विरोधमा अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै तत्काल खुलाउन गभर्नरहरुसँग माग गरेका छन् । एरिजोना, कोलोराडो, मोन्टाना र वासिङ्गटन राज्यमा लकडाउनको विरोधमा आइतबार प्रदर्शन भएका छन् । यसअघि अरु आधा दर्जन राज्यमा पनि प्रदर्शन भएका थिए । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम रहे पनि लगातारको प्रदर्शनले लकडाउन खुकुलो पार्न गभर्नरहरुमाथि दबाब बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेका छन् । त्यसपछि प्रदर्शन थप बिस्तार भएको हो । गभर्नरहरुले लकडाउन केही खुकुलो बनाउने विषयमा छलफल सुरु गरेका छन् । जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #लकडाउनको बिरोध
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्