बिबादै–बिवादमा रुमल्लिएको कांग्रेस

नेपाली कांग्रेस भन्नासाथ विवादै विवादमा रुमलिएको दल भनेर बुझ्दा फरक नपर्ने भएको छ । यही दलले हिजो सहमति गर्दै अन्तरिम संरचना निर्माणबारे निर्देशिका परित ग¥यो । निर्देशिका पारित हुनु उपलब्धिमूलक नै हो । तर, यसको पछाडि पनि नेताहरुको स्वार्थ जोडिएको छ । कांग्रेसको विधानमा निर्वाचनबाट मात्रै पार्टी संरचना बनाउने उल्लेख छ । तर सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा विधानमा जे भए पनि व्यवहारिक पाटो हेर्नुपर्ने भन्दै सहमतिका आधारमा संरचना बनाउने अडान लिए । देउवाका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले भने विधान विपरित जानै नहुने अडान लिए । दुई पक्षको अडानका कारण कांग्रेस लामो समय अन्योलमा रुमल्लियो । तर आइतबार विधानविपरित नै भए पनि संरचना बनाउने निर्देशिका पारित भयो । पार्टीको अधिकांश निर्णयमा जहिले पनि भाझो हाल्दै पार्टीलाई अनिर्णयको बन्दी बनाउदै आएको आरोप खेप्दै आएका बरिष्ठ नेता पौडेल पक्षीय नेताहरुले देउवालाई रोक्न सकेनन् । विगतमा पार्टीको विधान अनुसार नै पार्टी संरचना बनाउनुपर्ने भन्दै पार्टीको केन्द्रिय समिति बैठकमै असन्तुष्टि पोख्दै आएका थिए । असन्तुष्ट पक्ष पनि भागबण्डासमेत मिल्ने भएपछि लचक भएको आशंका गरिएको छ । अर्कोतिर विधानअनुसार जानका लागि समयको अभाव भएका कारण पौडेल पक्षधर लचक बन्न बाध्य भएको विश्लेषकहरु बताउँछन् । आइतबार पारित निर्देशिकाअनुसार कांग्रेस चल्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उब्जिएको छ । हरेकजसो सहमतिपछि पनि फेरी विमति देखिने कांग्रेसभित्र अब कुन विषयमा कुनबेला विवाद हुन्छ ठेगान छैन । अर्कोतिर विधान विपरित भएको सहमतिकै कारण भविष्यमा पनि थप विवाद नहोला भन्न सकिँदैन । कांग्रेसले भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित गरेको हो । कांग्रेसका हालका पदाधिकारी र पूर्वपदाधिकारीबीच सहमतिमा उक्त निर्देशिका ल्याइएको थियो । निर्देशिकामा कांग्रेसले संघीय संरचना बनाउनका लागि समायोजन नभएका वडा, गाउँपालिका र क्षेत्रमा साविककै संरचनालाई कायम राख्ने उल्लेख गरिएको छ । केन्द्रीय समितिले पारित गरेको निर्देशिका १४ औं महाधिवेशनबाट पारित गराउने सर्वसम्मतिबाट निर्णय पनि भएको छ । अबका दिनमा कांग्रेसले कस्तो बाटो समात्छ त्यो भने हेर्न बाँकी नै छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #bibad, #congrees
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्