नेकपा अध्यक्ष प्रचण्ड दुबई प्रस्थान, प्रधानमन्त्री ओली शनिबार सिंगापुर जाने
काठमाडौं १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पारिवारिक भ्रमणका लागि दुबई प्रस्थान गरेका छन् । लामो समयदेखि अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न अध्यक्ष दाहाल त्यसतर्फ लागेका हुन् । उनी शनिबार मात्र काठमाडौं फर्कने छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि उपचारका लागि आगामी शनिबार सिंगापुर उड्ने भएपछि नेकपा भित्र विभाग गठन प्रक्रिया भने अन्योलमा परेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कुल विभाग मात्र नभई अन्य विभागमा नेतृत्व समेत टुंगो नलागेको संकेत गरेपछि नेताहरुको जिम्मबारी बाँडफाँट थप पेचिलो बनेको हो । सचिवालय सदस्य बाहेकका नेतालाई विभागको नेतृत्व दिनु पर्ने आवाज पार्टीमा उठेपछि छलफल आवश्यक रहेको भन्दै सचिवालय बैठक २ साताका लागि स्थगित भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #oli dahal
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्