नेकपा अध्यक्ष प्रचण्ड दुबई प्रस्थान, प्रधानमन्त्री ओली शनिबार सिंगापुर जाने

काठमाडौं १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पारिवारिक भ्रमणका लागि दुबई प्रस्थान गरेका छन् । लामो समयदेखि अस्वस्थ पत्नी सीताको दुबई भ्रमण गर्ने इच्छा पूरा गर्न अध्यक्ष दाहाल त्यसतर्फ लागेका हुन् । उनी शनिबार मात्र काठमाडौं फर्कने छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि उपचारका लागि आगामी शनिबार सिंगापुर उड्ने भएपछि नेकपा भित्र विभाग गठन प्रक्रिया भने अन्योलमा परेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कुल विभाग मात्र नभई अन्य विभागमा नेतृत्व समेत टुंगो नलागेको संकेत गरेपछि नेताहरुको जिम्मबारी बाँडफाँट थप पेचिलो बनेको हो । सचिवालय सदस्य बाहेकका नेतालाई विभागको नेतृत्व दिनु पर्ने आवाज पार्टीमा उठेपछि छलफल आवश्यक रहेको भन्दै सचिवालय बैठक २ साताका लागि स्थगित भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #oli dahal
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्