मुख्यमन्त्री नआएपछि कर्णाली प्रदेशमा संसद अबरुद्ध
सुर्खेत ८ असार । कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको दशौं बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अनुपस्थिति रहेको भन्दै आइतबारको बैठक अवरुद्ध गरेको हो। बजेटमाथिको सैद्धान्तिक छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अनिवार्य उपस्थिती हुनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले उठेर सदन अवरुद्ध गरेका हुन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ बजेट असार १ गते प्रस्तुत गरेको थियो। बजेट सार्वजनिक भएपनि हालसम्म सैद्धान्तिक छलफल हुन सकेको थिएन। दुई घण्टासम्म बैठक सञ्चालन हुन नसकेपछि प्रदेश सभा सचिवालयले गत बुधबारको बैठक स्थगित गरेको थियो।
आईतबार आह्वान गरिएको बैठकमा मुख्यमन्त्रीको अनुपस्थिति विना बजेटमाथि छलफल गर्नु उपयुक्त नरहेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । कांग्रेसले वैठक अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित भएको सदन सञ्चालन हुन सकेको छैन्। मुख्यमन्त्री शाही अदानचुली गाउँपालिकालाई मदिरा मुक्त गाउँपालिका घोषणा कार्यक्रममा उपस्थित हुन हुम्ला पुगेका छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #karnali pradesha
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्