बिप्लव नेकपाले फेरि बन्दको घोषणा

काठमाडौं ६ असार । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले फेरि नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विज्ञप्तिमा ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । उसले पौडेललाई नियन्त्रणमा लिई बरबरता पूर्वक प्रहरी हत्या गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #banda
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्