गण्डकी प्रदेशको वजेट ३२ अर्व १३ करोड
पोखरा १ असार । कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६ –०७७ का लागि गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । उपल्लो मुस्ताङ र मनाङमा चलचित्र केन्द्र बनाउने, हरेकको घरघरमा बिजुली, आन्तरिक पर्यटन बर्ष घोषणा, खानेपानीको पहुँच, हरेक गाउँपालिकालाई प्रदेश राजधानी पोखरासँग जोड्ने तथा कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ । चालू बर्षमा २४ अर्व २ करोड रुपैयाँको बजेट बनाएर कार्यान्वयन थालेको सरकारले मुश्किलले ३० प्रतिशत हाराहारीमा खर्च गरेको छ । कर्मचारी अभाव र भौतिक संरचनाको कारण देखाउँदै सरकारले खर्च रकम कम भएको दावी गरेको छ ।
क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, राजनीति
ट्याग : #gandaki pradesha
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्