जित्ने देखेपछि बिजेपीले बोलायो पार्टी बैठक
काठमाडौं ९ जेठ । भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई फेरि संसदीय दलको नेता चुन्न बिहीबार साँझ पार्टी बैठक बोलाएको छ। विजय उत्सव मनाउन र शुभेच्छुकहरुलाई सम्बोधनसमेत गर्न पार्टी बैठक बोलाइएको हो। प्रधानमन्त्रीमा मोदीलाई नै निरन्तरता दिन र गठबन्धनका अन्य दलहरुको अनुमोदन लिन बिजेपीले बिहीबार साँझ साढे पाँच बजे पार्टी बैठक बोलाएको हो। दिल्लीको भाजपा कार्यालयअघि हजारौँ कार्यकर्ताको भिड लागेको छ। प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह बैठकका लागि पार्टी मुख्यालय पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। देशभरिका ३३९ स्थानमा अग्रता लिइरहेको मोदी नेतृत्वको बिजेपी गठबन्धनले फेरि पाँच वर्षका लागि सत्ताको नेतृत्व पाइसकेको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #chunab
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्