किन हार स्वीकार गरे अरविन्द केजरीवालले
काठमाडौं ४ जेठ । भारतको दिल्लीमा ७ सीटका लागि लोकसभाको चुनाव सम्पन्न भएको छ । नतिजा अझै गणना हुन बाकी छ । तर, नतिजा सार्वजनिक नहुँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने हार स्वीकार गरिसकेका छन् । उनले अन्तिम समयमा दिल्लीका मुस्लिम समुदायको भोट कांग्रेसलाई गएको दाबी गरेका छन् । इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा केजरीवालले चुनावको ४८ घण्टाअघिसम्म सातवटै सीट जित्ने आकलन गरेको भएपनि अन्तिम समयमा मुस्लिम समुदायको भोट कांग्रेसमा सिफ्ट भएका कारण नतिजा फरक आउने बताए । चुनावको एकरात अघि भएको यो उथलपुथलबारे आफूहरुले पत्ता लगाइरहेको उनले बताएका छन् । अरविन्द केजरीवालको यो बयानप्रति दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितले प्रतिक्रिया दिएकी छन् । ‘मलाई थाहा छैन उनी केजरीवाल किन यस्तो कुरा गरिरहेका छन् । जनतामा आफूले चाहेको उमेद्वारलाई भोट दिन पाउने अधिकार छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #dilli
ताजा खबर
- १राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
- २बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
- ३प्रतिनिधिसभा निर्वाचनः यी ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
- ४यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- ५प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ



तपाईको कमेन्ट लेख्नुहोस्