राष्ट्रपति र उपराष्ट्रपति पुगे पशुपतिमा
काठमाडौ २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पशुपतिनाथमा पुगी पूजाअर्चना गरेका छन् । महाशिवरात्रि पर्वको अवलोकन गर्न दिउँसो ४ बजेर ३८ मिनेटमा पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवीले पूजा अर्चना गरिन । पशुपतिनाथमा राष्ट्रपति विद्यादेवी पुगेपछि सुरक्षा निगरानी पनि कडा पारिएको थियो । पशुपति आसपास लगायत क्षेत्रमा गरी कम्तिमा पनि ९ हजार सुरक्षाकर्मी परिचालन गरियो भने ५ हजार स्वयमसेवकहरुले सहयोग गरेका थिए । राष्ट्रपति भण्डारी पुगेको केही बेरमा उपराष्ट्रपति पुन पनि पशुपतिनाथ पुगेका थिए । पाशुपत क्षेत्रमा भक्तजनको नाँचगान, शिव भजन कीर्तन र भारतबाट आएका बाबाहरुको उपस्थिति रहेको थियो । त्यसैगरी पशुपतिनाथको दर्शनकै लागि भनेर भारत लगायत अन्य मुलुकका विदेशी पाहुनाहरु पनि मन्दिर पुगेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्