बारा र पर्सामा आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि
काठमाडौं ३० चैत । बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । नेपालमै पहिलो पटक तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएको छ । नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको छ । चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको थियो । एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो । आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठले जानकारी दिइन । “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन् । पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकासिएको समाचार गोरखापत्रमा छ ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, प्रविधि
ट्याग : #bara
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्