नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य बेरोजगार

काठमाडौं १६ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । एकता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका नेपाल समाचारपत्रमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, राजनीति
ट्याग : #hot
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्