बिखण्डनको मुद्धा त्यागे सीके राउतले
काठमाडौं २५ फागनु । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले सरकार र सीके राउतसँग भएको राजनीतिक सहमतिलाई महत्वका साथ छापेका छन् । कान्तिपुर दैनिकले ‘राउतले छाडे विखण्डनको मुद्दा’ शीर्षकमा समाचार छापेको छ । नागरिक दैनिकमा ‘सीकेको सेफ ल्याण्डिङ’ शीर्षकमा र अन्नपूर्ण पोष्ट दैनिकमा ‘मूलधारतिर सीके राउत’ शीर्षकमा समाचार कभरेज गरिएको छ ।तर, नयाँ पत्रिका दैनिकले भने सीके राउतसँग दोहोरो अर्थ लाग्ने सहमति भएको भन्दै फरक ढंगले समाचार छापेको छ । ‘सिके राउतसँग द्विअर्थी सहमति’ शीर्षकको समाचारमा सिके राउतले राज्यले जनमतसंग्रह स्विकारेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने जनमतसंग्रह सहमति पत्रमा उल्लेख नै नगरिएको बताएका छन् ।




क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्