तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक सुरु भइसकेको छ । तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण सँगसँगै गीतका अडियो भिडियोहरुको सार्वजनिक गर्ने क्रम सुरु भैसकेको छ ।
गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा कोटेश्वर स्थित होटेल तपोवनमा उक्त गीत ‘केटी पार्टी’ सार्वजनिक गरिएको हो । मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने बलियो र सकारात्मक सन्देश बोकेको तीज गीत ‘केटी पार्टी’ को म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको नृत्य एब अभिनय रहेको छ ।
पवन सुस्लिङको छायांकन ,एबम सम्पादन रहेको भिडियोको कोरियोग्राफी एब निर्देशन सफल भिडियो निर्देशक एबम कलाकार मनिष श्रेष्ठले गरेका हुन् । भिडियोमा अभिनय एब नृत्य गरेका बिमला भण्डारी ,कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठले सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।
उनीहरूले यसपटक रहर र उत्साहका साथ तीज गीत निर्माण गरेको र आगामी वर्षहरूमा पनि यही टोलीबाट निरन्तर नयाँ तीज गीत ल्याउने तयारी रहेको जानकारी दिएका छन् ।
क्याटेगोरी : जीवनशैली, समाचार, साहित्य
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्