पश्चिमी अफगानिस्तानमा क्यान्सरका बिरामी ३० प्रतिशतले वृद्धि
काबुल । हेरात प्रान्तको क्यान्सर उपचार गर्ने डाक्टरहरूका अनुसार पश्चिमी अफगानिस्तानमा क्यान्सरको उपचार खोज्ने बिरामीहरूको संख्यामा ३० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष चार हजार क्यान्सर रोगीमध्ये ५० प्रतिशत महिला रहेको डाक्टहरुले बताए । ती मध्ये ५० प्रतिशत महिला स्तन क्यान्सरबाट पीडित भएको क्यान्सर सेन्टरका निर्देशक डा फारुक अहमद सिद्दीकीको भनाई उद्दृत गर्दै उल्लेख गरेको छ । ।
‘हामीमा आउने हरेक दुई जना महिलामध्ये एक जना स्तन क्यान्सरको हो। विगतको तुलनामा यो तथ्याङ्क बढेको छ। हामीले निदान र उपचार गर्ने तरिकाहरू जान्नुपर्छ सिद्दीकीले थपे। उनका अनुसार अधिकांश महिलाहरूलाई स्तन क्यान्सरका लक्षणहरूबारे अनभिज्ञता रहेको जनाएको छ ।
तर, स्तन क्यान्सरबाट पीडित महिलाले पनि आफ्नो आर्थिक समस्याको चर्को गुनासो गर्छन् । उनीहरुले उपचार नपाएको दाबी समेत गरेका छन् । देशमा अपर्याप्त निदान सुविधा, औषधि, प्राविधिक र विशेषज्ञ डाक्टरहरूको अभावका कारण अफगान नागरिक चिकित्सा हेरचाहका लागि पाकिस्तानलगायत छिमेकी देशहरू जाने गरेको उल्लेख छ ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्