पश्चिमी अफगानिस्तानमा क्यान्सरका बिरामी ३० प्रतिशतले वृद्धि

काबुल । हेरात प्रान्तको क्यान्सर उपचार गर्ने डाक्टरहरूका अनुसार पश्चिमी अफगानिस्तानमा क्यान्सरको उपचार खोज्ने बिरामीहरूको संख्यामा ३० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष चार हजार क्यान्सर रोगीमध्ये ५० प्रतिशत महिला रहेको डाक्टहरुले बताए । ती मध्ये ५० प्रतिशत महिला स्तन क्यान्सरबाट पीडित भएको क्यान्सर सेन्टरका निर्देशक डा फारुक अहमद सिद्दीकीको भनाई उद्दृत गर्दै उल्लेख गरेको छ । ।
‘हामीमा आउने हरेक दुई जना महिलामध्ये एक जना स्तन क्यान्सरको हो। विगतको तुलनामा यो तथ्याङ्क बढेको छ। हामीले निदान र उपचार गर्ने तरिकाहरू जान्नुपर्छ सिद्दीकीले थपे। उनका अनुसार अधिकांश महिलाहरूलाई स्तन क्यान्सरका लक्षणहरूबारे अनभिज्ञता रहेको जनाएको छ ।
तर, स्तन क्यान्सरबाट पीडित महिलाले पनि आफ्नो आर्थिक समस्याको चर्को गुनासो गर्छन् । उनीहरुले उपचार नपाएको दाबी समेत गरेका छन् । देशमा अपर्याप्त निदान सुविधा, औषधि, प्राविधिक र विशेषज्ञ डाक्टरहरूको अभावका कारण अफगान नागरिक चिकित्सा हेरचाहका लागि पाकिस्तानलगायत छिमेकी देशहरू जाने गरेको उल्लेख छ ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्