नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई अभिकर्ता संघको बधाई तथा शुभकामना
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।
संघका अध्यक्ष ओमबहादुर खत्री, महासचिव कल्याण विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष दीपक अर्याललगायतका पदाधिकारीले आज प्राधिकरणमा पुगेर अध्यक्ष थापालाई भेट गरी स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
भेटका क्रममा अध्यक्ष थापाले आफू अहिले प्राधिकरणको कामकारबाहीबारे अध्ययन गरिरहेको बताए ।
अध्यक्ष खत्रीका अनुसार तिहारपछि १०-१५ दिनभित्र पुनः भेटेर अभिकर्ता व्यवसायलाई कसरी व्यवस्थित र सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने सहमति भएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १इरानमाथि सैन्य कारबाही फेरि सुरु गर्नेबारे ट्रम्पको सुरक्षा टोलीसँग छलफल
- २रास्ट्रपति र सभामुखबिच भेटबार्ता,के के भयो कुराकानी ?
- ३दानबहादुर कार्कीको रिट सर्बोच्चमा दर्ता
- ४नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई अभिकर्ता संघको बधाई तथा शुभकामना
- ५पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्छौँः कांग्रेस



तपाईको कमेन्ट लेख्नुहोस्