पाकिस्तानको पेशावरमा व्यक्ति लक्षित हत्यामा वृद्धि
इस्लामाबाद । पाकिस्तानको पेशावरमा लक्षित हत्या र हिंसात्मक सडक अपराधहरूमा अचानक वृद्धिले प्रहरीलाई चुनौति भएको छ । स्थानीयबासीले पेशावरमा सडक अपराधमा पक्राउ परेका छानबिनको लागि आह्वान गरेका छन् ।
पछिल्लो पटक दुई सिख समुदायका सदस्यहरूमाथि हमला भएको र उपनगरीय क्षेत्रहरूमा प्रहरीमाथि दुईवटा आक्रमण भएका छन्। आक्रमणमा परि तरलोक सिंह पेसावरमा गोली लागेर घाइते भएका छन् ।
मनमोहन सिंह नामका अर्का सिख व्यक्तिमाथि काक्साल नजिकैको गुलदारामा आक्रमण भएको थियो। मनमोहन सिंहको अस्पतालमा लगिएपनि मृत्यु भएको थियो।
३४ वर्षीय मनमोहन सिंह शनिबार साँझ एक अटो—रिक्शामा घर जाँदै गर्दा अज्ञात सशस्त्र व्यक्तिहरूले गुलदारा, काक्साल नजिकै उनीमाथि गोली चलाएका थिए ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्