Techie IT
  • २८ माघ २०८१, सोमबार
KhojPatrika

कश्मीरको पहिचान फेरिदैँः आतंकवादी केन्द्रबाट पर्यटन केन्द्रमा परिणत हुँदै


काठमाडौं । पहिले जम्मु–कश्मीरको पहिचान भनेकै आतंकवादी केन्द्रको रुपमा रहेको थियो । तर, अहिले यो अवस्था रहेन । अहिले यो पर्यटन केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । भारतको गृह मन्त्रालय अनुसार यहाँ सन् २०२२ मा २२ लाख पर्यटकले भ्रमण गरेका छन् । पहिले यहाँ वार्षिक मुश्किलले ६ लाख पर्यटकले भ्रमण गर्ने गरेका थिए । गृह मन्त्रालयले जारी गरेको ‘इयर एन्ड रिभ्यु २०२२’ अनुसार जम्मू–कश्मीरमा सन् २०१८ को ४१७ वटा आतङ्कवादी घटना भएको थियो भने सन् २०२१ मा २२९ मा झरेको छ ।

यस्तै, सुरक्षा बलका जवान शहीद हुनेको संख्या ९१ बाट घटेर २०२१ मा ४२ मा पुगेको छ । गृह मन्त्रालयले अनुसार जम्मू र कश्मीरमा अहिले ढुङ्गा हानेको कुनै घटना छैन किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार दृढताका साथ विकासको मार्गमा अगाडि बढिरहेको छ। पछिल्लो विवरण अनुसार जम्मू र कश्मीरमा आतंकवादी घटनाहरूमा लगभग ५४ प्रतिशत, सुरक्षा बलहरूको मृत्युमा ८४ प्रतिशत र आतंकवादीहरूको भर्तीमा लगभग २२ प्रतिशत कमी आएको छ ।

जम्मु र कश्मीरका लागि प्रधानमन्त्रीको विकास प्याकेज अन्तर्गत, जलविद्युतमा ८० हजार करोड भारतीय रुपैयाँको लागतमा लगभग ६३ परियोजनाहरू निर्माण गरिएको छ। ४ हजार २८७ करोडको लागतमा किरु आयोजनाको काम प्रगतिमा रहेको मन्त्रालयले जनाएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले अक्टोबर ५, २०२२ मा श्रीनगरमा लगभग २ हजार करोड रुपैयाँको २ सय ४० विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका थिए। यसअघि धारा ३७० का कारण गुर्जर—बकरवाल र पहाडीले शिक्षा, चुनाव र जागिरमा आरक्षणको सुविधा पाउन सकेका थिएनन्, तर अब उक्त धारा हटाएपछि सबैले आरक्षण सुविधा पाएका छन् । ७० वर्षसम्ममा जम्मू कश्मीरमा १५,००० करोड मात्र लगानी भित्रिएको थियो । तर, भारतीय प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले ३ वर्षमा यहाँ ५६,००० करोडको लगानी गरिसकेको छ ।


क्याटेगोरी : विदेश

तपाईको कमेन्ट लेख्नुहोस्