चिनियाँ कम्पनीद्धारा प्रतिबन्धित इरान र भेनेजुयलासँग इन्धन व्यापार
एजेन्सी। चिनियाँ कम्पनीले इरान र भेनेजुयालासँग प्रतिबन्धित तेल व्यापार गरिरहेको छ । चिनियाँ कम्पनी चाईना कन्कर्ड पेट्रोलियम कम्पनी (सीसीपीसी)ले अमेरिकाले दुई बर्ष यता प्रतिबन्ध लगाएको इरान र भेनेजुयलाको तेल आयात गरिरहेको छ । सीसीपीसीको भूमिका र उसको भेनेजुयलासँग व्यापारमाथि अमेरिकी प्रतिबन्धको बिषय यसअघि बाहिर आएको थिएन । पछिल्लो समय भेनेजुयला र इरानसँग सीसीपीसीको इन्धन व्यापारबारे भेनेजुयला सरकारी स्वामित्वको तेल कम्पनी पीडिभीएसएसँग सम्बन्धित व्याक्ति र केही इरानी अधिकारीहरुले जानकारी दिएका छन् ।
चिनियाँ कम्पनी सीसीपीसीले साना स्वतन्त्र प्रशोधनकर्ताहरुद्धारा यहि बर्षदेखि भेनेजुयलासँग इन्धन व्यापार सुरु गरेको हो । भेनेजुयला कम्पनी पीडीभीएसएले चिनियाँ कम्पनीलाई गत अप्रिल र मे मा इन्धन तथा तेल निर्यात गरेको बताईएको छ । अमेरिकाले दुई बर्ष अघि इरान र भेनेजुयलामा प्रतिबन्ध लगाएपछि चिनियाँ सरकारी स्वामित्वका सहित विश्वका धेरै प्रशोधनकर्ता कम्पनीहरुले दुई मुलुकबाट इन्धन कच्चा पदार्थ आयात रोकेका थिए । अमेरिकी प्रतिबन्धले इरान र भेनेजुयलामा प्रति दिन लाखौँ ब्यारल इन्धन निर्यात तथा अर्बौ अमेरिकी डलर आय रोकिएको थियो । तर, इरान र भेनेजुयललाले आफ्नो मुलुक चलाउन अमेरिकालाई छल्दै कच्चा पदार्थ निर्यात गर्दै आएको थियो ।
इरान र भेनेजुयलाबाट तेल आयात गर्न गत बर्ष सीसीपीसीले १४ वटा ट्यांकर लिएको थियो । प्रतिबन्धित इन्धन कम्नीहरुसँग चिनियाँ कम्पनीहरुले व्यापार गर्नेबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले अन्तराष्ट्रिय कानुन अनुसार चीनले इरान र भेनेजुयलासँग सामान्य र वैध सम्बन्ध कायम गर्ने प्रतिक्रिया दिएको छ । तर, इरान र भेनेजुयलाका इन्धन मन्त्रालयले यसबारे टिप्पणी गर्न चाहेको छैन । स्रोतः डेली मेल
क्याटेगोरी : विदेश
ट्याग : #तेल व्यापार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्