यूएइमा भारतीय प्रवासी लक्षित न्युज पोर्टल सञ्चालन
एजेन्सी । भारतीय विदेश मामिला मन्त्रालयद्धारा संयुक्त अरब इमिरेट्स (यूएइ) स्थित न्युज पोर्टल सञ्चालनमा ल्याईएको छ । भारतीय विदेश मामिला मन्त्रालयले यूएइ स्थित भारतीय प्रवासीहरुलाई लक्षित ग्लोबल प्रवासी रिश्ता पोर्टल सञ्चालनमा ल्याएको छ । यूएइ स्थित २४ लाख प्रवासी, भारत सरकार साथै विश्वभरी रहेका तीन करोड भारतीय प्रवासीलाई जोड्ने उदेश्यका साथ न्युज पोर्टल सञ्चालन गरिएको यूएइस्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ ।
वाणिज्य दूतावासले न्युज पोर्टलमा रजिष्ट्रर गर्न यूएइ स्थित सबै प्रवासीहरुमा आग्रह गरेको छ । उक्त पोर्टलमा भिसा, पासपोर्ट, कन्सुलर सेवा, संकटको समयमा भारतीयहरुलाई सहायता प्रदान गर्ने लगायतका जानकारी समेटिने बताईएको छ । पोर्टलले भारतीय प्रवासीहरुलाई आकस्मिक अबस्थामा वाणिज्य दूतावासका अधिकारी र सेवा सँग जोड्न सहयोग गर्ने बताईएको छ । स्रोतः खालीज टाईम्स
क्याटेगोरी : विदेश
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्