नाइल नदीमा ४० जनाको शव, सुडानका विपक्षीद्वारा सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार

एजेन्सी २३ जेठ । सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सेनामा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ । सेनाको दमनको क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको संख्या सोमबार यता कम्तिमा १०० रहेको जनाइएको छ । दर्शनकारीमाथिको दमनका लागि सेनाको निर्देशनमा अर्धसैनिक बल खटिएका छन् । गएको अप्रिलमा सैन्य कू मार्फत राष्ट्रपति ओमर अल–बाशिर सत्ताच्युत भएपछि सुडानको सत्ता सैन्य काउन्सिलको हातमा छ । निर्वाचित सरकारको माग गर्दै प्रजातन्त्रवादी नेताहरुको नेतृत्वमा प्रदर्शन भइरहेको छ । यस्तै नील नदीबाट ४० जनाको शव निकालिए जनाइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #sudan
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्