नाइल नदीमा ४० जनाको शव, सुडानका विपक्षीद्वारा सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार
एजेन्सी २३ जेठ । सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सेनामा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ । सेनाको दमनको क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको संख्या सोमबार यता कम्तिमा १०० रहेको जनाइएको छ । दर्शनकारीमाथिको दमनका लागि सेनाको निर्देशनमा अर्धसैनिक बल खटिएका छन् । गएको अप्रिलमा सैन्य कू मार्फत राष्ट्रपति ओमर अल–बाशिर सत्ताच्युत भएपछि सुडानको सत्ता सैन्य काउन्सिलको हातमा छ । निर्वाचित सरकारको माग गर्दै प्रजातन्त्रवादी नेताहरुको नेतृत्वमा प्रदर्शन भइरहेको छ । यस्तै नील नदीबाट ४० जनाको शव निकालिए जनाइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #sudan
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्