युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट फेरि अस्वीकृत
काठमाडौं १६ चैत । युरोपेली युनियन ईयूबाट बेलायत बाहिरिने प्रस्ताव तेस्रो पटक बहुमतले अस्वीकृत गरेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले तेस्रो पटक पनि अस्वीकृत गरेको हो । संसदमा भएको मतदानमा बेलायत ईयूबाट बाहिरिने प्रस्तावका पक्षमा २ सय ८६ मत आउँदा विपक्षमा ३ सय ४४ मत परेको हो । प्रधानमन्त्री मेको प्रस्ताव ५८ मतले अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी अन्योल थप बढेको छ । यसअघि युरोपेली संघले सम्झौता पास भएको अवस्थामा मे २२ सम्म र पास नभए अप्रिल १२ सम्म मात्रै ब्रेक्जिटको मिति लम्ब्याउन सहमति दिएको थियो । तेस्रो पटक पनि प्रधानमन्त्रीकोे प्रस्ताव अस्वीकृत भएपछि पदबाट राजीनामा दिन दबाब बढेको बीबीसीले जनाएको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले तत्काल राजीनामा दिनुपर्ने र ताजा चुनाव हुनुपर्ने माग गर्दै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्