युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्रीको प्रस्ताव संसदबाट फेरि अस्वीकृत

काठमाडौं १६ चैत । युरोपेली युनियन ईयूबाट बेलायत बाहिरिने प्रस्ताव तेस्रो पटक बहुमतले अस्वीकृत गरेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव बेलायती संसदले तेस्रो पटक पनि अस्वीकृत गरेको हो । संसदमा भएको मतदानमा बेलायत ईयूबाट बाहिरिने प्रस्तावका पक्षमा २ सय ८६ मत आउँदा विपक्षमा ३ सय ४४ मत परेको हो । प्रधानमन्त्री मेको प्रस्ताव ५८ मतले अस्वीकृत भएपछि ब्रेक्जिटसम्बन्धी अन्योल थप बढेको छ । यसअघि युरोपेली संघले सम्झौता पास भएको अवस्थामा मे २२ सम्म र पास नभए अप्रिल १२ सम्म मात्रै ब्रेक्जिटको मिति लम्ब्याउन सहमति दिएको थियो । तेस्रो पटक पनि प्रधानमन्त्रीकोे प्रस्ताव अस्वीकृत भएपछि पदबाट राजीनामा दिन दबाब बढेको बीबीसीले जनाएको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले तत्काल राजीनामा दिनुपर्ने र ताजा चुनाव हुनुपर्ने माग गर्दै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #hot
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्