मन्दिर दौडाहामा राहुल गान्धीका लागि मन्त्री
काठमाडौं २ चैत । भारतमा चुनावी अभियान सुरु भएको छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी देशको प्रधानमन्त्री बनुन् भन्ने मनोकामनासहित मध्य प्रदेशका मन्त्रीले मन्दिर–मन्दिर गएर प्रार्थना गर्ने गरेका छन् । मध्य प्रदेशका मन्त्री पीसी शर्मा पछिल्लो समय मन्दिरसहितका धार्मिकस्थलको भ्रमणमा रहेको र उनले राहुल गान्धी प्रधानमन्त्री बनुन् भन्ने कामना गरेको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले जनाएको छ । मन्त्री शर्माले भनेका छन्, ‘मैले अहिलेसम्म धेरै मन्दिरको भ्रमण गरेको छु, हरेक मन्दिरमा मध्य प्रदेशमा पार्टीलाई उत्कृष्ट जित हाँसिल होस भन्ने कामना गरेको छु । यस्तै हाम्रा अध्यक्ष राहुल गान्धी देशको प्रधानमन्त्री बनुन् भन्ने कामना पनि गरेको बताएका छन् । भारतमा आउँदो अप्रिल र मे मा लोकसभा चुनाव हुँदैछ । सात चरणमा हुने चुनावको प्रचारमा कांग्रेस तथा भारतीय जनता पार्टीसहितका दल जुटेका छन् ।
क्याटेगोरी : विचार/लेख, विदेश
ट्याग : #hot
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्