रविले भने आइजीपी परिवर्तनको औचित्य सरकारले पुष्टी गर्ला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरिक्षक परिवर्तन गर्ने कामको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताएका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसंग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुने बताएका हुन् ।
सरकारले अवश्य पनि औचित्य पुष्टि गर्ला भन्ने विश्वास लामिछानेले व्यक्त गष्रेका छन् । सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय समावेश भएको उल्लेख गर्दै लामिछानेले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला भन्ने प्रतिक्रिया दिएका हुन् ।
पार्टीले सरकारलाई आईजीपी, डीआईजी, इन्स्पेक्टर वा सिडिओ फेर नभन्ने बताए । सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए । तर सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।
सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उहाले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीं प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए । सभापति लामिछानेले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको जिकिर गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रविले भने आइजीपी परिवर्तनको औचित्य सरकारले पुष्टी गर्ला
- २सरकार र प्रमुख प्रतिपक्षबीच टकराव चुलियो, गगनले दिए सरकारलाई चुनौती
- ३किन बढ्यो प्रधानमन्त्री बालेन र कांग्रेस सभापति गगनबीच टकराव ?
- ४भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणमा, बालेनलाई निम्तो दिने तयारी
- ५३४ औँ प्रहरी महानिरीक्षक बने डा. मनोज केसी



तपाईको कमेन्ट लेख्नुहोस्