नातिको अन्त्येष्टिमा सहभागी हुन जेलबाट छुट
भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा आफ्नो नातिको अन्त्येष्टिका लागि जेलबाट विदा पाउने भएका छन्। शुक्रबार सात वर्षीय नातिको मेनिन्जाइटिसबाट मृत्यु भएको थियो। १२ वर्षको कैद सजाय भोगिरहेका लुलालाई आज हुने नातिको अन्तिम संस्कारका लागि साउ पाउलो जाने अनुमति दिन लागिएको अधिकारीहरूले जनाएका छन्।
अदालतले भ्रष्टाचारको अभियोगमा जेल फैसला गरे पनि पूर्व राष्ट्रपति लुलालाई राजनीतिक प्रतिशोधका कारण जेल हालिएको भन्दै विरोध हुँदै आएको छ। गत जनवरीमा भाइको अन्त्येष्टिमा भने लुला जान पाएका थिएनन्। परना राज्य सरकारले लुलाई नातिको अन्तिम संस्कारमा जाने अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ।
क्याटेगोरी : विदेश
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्