प्रहरीले भन्योः बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै
काठमाडौं । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक हल्ला भएको जनाएको छ । साइबर व्यूरोले एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको बिज्ञप्ती मार्फत जनाएको हो ।
बिज्ञप्तीमा भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने ब्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचारप्रति प्रहरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी र सूचना प्राप्त नभएको साइबर व्यूरोले जनाएको छ । व्यूरोले त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।
यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सबैमा अनुरोध गरेको छ । साथै सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यूरोले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, सामाजिक सञ्जाल
ट्याग : #चोरी भइरहेको कुरा भ्रामक, #साइबर व्यूरो
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्