मध्यपूर्वबाट हुने तेल निर्यातमा भारतद्धारा भारी कटौती
नयाँ दिल्ली । भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै मध्यपूर्वबाट तेल निर्यातमा भारी कटौती गरेको छ ।
विश्वकै तेस्रो ठुलो तेल निर्यातकर्ता भारतले उर्जा श्रोतहरुमा विविधता खोज्दै मध्यपूर्व बाट तेल निर्यात उल्लेख्य मात्रामा घटाएको छ । मध्यपूर्वी मुलुकहरुबाट भारतमा हुने तेल निर्यातको मात्रा विगत २५ महिना यताकै सबैभन्दा कम रहेको छ ।
भारत सरकारले उर्जा सामाग्री निर्यातमा विविधता खोजेको भन्दै तेल प्रशोधनकर्ताहरुले अन्य विकल्प खोजेका हुन् । मध्यपूर्व बाट भारतमा सन् २०१९ अप्रिलमा ६७ दशमलब ९ प्रतिशत भएको तेल निर्यात पछिल्लो समय ५२ दशमलब ७ प्रतिशतमा झरेको छ । भारतको दोस्रो ठुलो तेल आपूर्तिकर्ता साउदी अरब बाट तेल निर्यात गत बर्षभन्दा एक चौथाई कम भएको छ ।
त्यस्तै, भारतमा तेल आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई हाल सातौँ स्थानमा पुगेको छ । पछिल्लो समय, भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय मुलुकहरुबाट तेल निर्यात बढाएका छन् । तेल आपुर्ति सहज बनाउन भारतको आग्रह मध्यपूर्वी मुलुकहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु निर्यातको श्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ । स्रोतः खालिज टाईम्स
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, विदेश
ट्याग : #तेल निर्यात
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्