कर्णाली प्रदेशसभा अवरुद्ध, मन्त्रीको राजीनामा माग्दै एमाले
काठमाडौं । नेकपा एमालेले पहिलो पटक कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो। फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै संसद अवरुद्ध गरिएको हो।
‘जनप्रतिनिधिहरुलाई अपमानित हुनेगरी अदालतले करार पुष्टि गरिसकेका व्यक्तिलाई सरकारले मन्त्री बनाएर सभाको मर्यादा माथि नै प्रश्न उठाएको संसदीय दलका नेता यामलाल कँडेलले बताए । सरकारले निर्णय नसच्याउँदासम्म बैठक अगाडि बढ्न नदिने उनको चेतावनी छ । एमालेबाट फ्लोर क्रस गरेर मन्त्री भएका थापा अदालतबाट सरकारी कागजात किर्ते गरेको अभियोगमा दोषी प्रमाणित भइसकेका व्यक्ति हुन्।
पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका उनी वैशाख ४ गते मन्त्री बनेका हुन्। फौजदारी अभियोग लागिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। मन्त्री थापालाई अदालतले जेठ ३० गते बयानका लागि बोलाइसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेश, #नेकपा एमाले
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्